काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । चाँदीकाे मूल्य भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो।

ADVERTISEMENT

महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ८७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT