काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ।
आज सुन प्रतितोला दुई सय रुपैयाँले घटेको हो । चाँदी भने प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख एक हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला चार हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।




