काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देश जोगाउनु र पार्टी जोगाउनु फरक कुरा भएको बताएका छन्।
बिहीबार राति फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले नेता र कार्यकर्ताको भूमिकाबारे टिप्पणी गरेका हुन्।
‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्,’ उनले लेखेका छन्, ‘हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् !’
त्यसपछि उनले लेखेका छन्, ‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ।’
प्रधानमन्त्री शाहको यो अभिव्यक्ति कुन राजनीतिक घटनाक्रम वा प्रसंगलाई लक्षित गरेर आएको हो भन्नेबारे भने उनले स्टाटसमा खुलाएका छैनन्।










