काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला चार हजार दुई सय रुपैयाँले बढेको छ ।
आज सुन तोलाको दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर चार हजार ४७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार १२७ र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ ।










