काठमाडौं । नेपाली कांग्रेसका उपसभापति डा. चन्द्रकान्त भण्डारीले नागरिकको मौलिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरेका छन्। पत्रकारलाई पक्राउ गर्ने र राति नै छाड्ने गतिविधि स्वीकार्य नहुने उनको भनाइ छ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले सरकारले मनपरी रूपमा नागरिकलाई पक्राउ गर्न नपाउने बताए।

ADVERTISEMENT

“पत्रकारलाई पक्राउ गर्ने, राति छोडिदिने भन्ने पाइन्छ ? मान्छेको मौलिक अधिकार हुँदैन ? जसलाई पनि पक्राउ गर्न पाइन्छ ?” उनले प्रश्न गरे।

ADVERTISEMENT

इनम सापकोटासँग कांग्रेस सभापति गगनकुमार थापाको कुनै चिनजान र भेटघाट नरहेको पनि भण्डारीले दाबी गरे। “जुन सापकोटा भाइसँगको कुरा छ, न गगनजीको चिनजान छ, न कहिल्यै भेट भएको छ,” उनले भने।

सरकारले नागरिकको जनजीविका र विद्यार्थीका समस्यामा ध्यान दिनुपर्नेमा अनावश्यक विषयको पछि लागेको भण्डारीको आरोप छ। उनले कांग्रेसले सरकारका राम्रा काममा सहयोग गर्ने पनि स्पष्ट पारे।