काठमाडौं । नेपाली बजा्मा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ। आज सुन प्रतितोला आठ सय रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला चार हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।



