काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतिताला २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आइतबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । अघिल्ले दिन सुनको मूल्य प्रतितोला ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।








