काठमाडौं । आइतबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको छ भने चाँदी पनि तोलामा ५५ रुपैयाँले बढेर तोलाको ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार १ हजार २सय रुपैयाँले बढेको हो । यसअघि बिहिबार सुनको मूल्य ५ हजार १ सय रुपैयाँले बढेको थियो। बिहिबार चाँदी पनि प्रति तोला १९० रुपैयाँले बढेको थियो।







