काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका सुन प्रतितोला ६ हजार र चाँदी ३२० रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २२० रुपैयाँ कायम भएको छ ।

गत सोमबार एक तोला सुन दुई लाख ९६ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ९०० रुपैयाँ मा कारोबार भएको थियो । गत आइतबार दुई लाख ९७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९७५ कायम भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।