काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत मोटरसाइकल र स्कुटर जित्ने विजेताले पुरस्कार प्राप्त गर्न थालेका छन्।

अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना भाग्यशाली विजेतालाई तीन वटा मोटरसाइकल र एउटा स्कुटर हस्तान्तरण गरिएको छ।

ADVERTISEMENT

काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल हस्तान्तरण गरिएको हो। म्याक्स टाइगर इनर्जी ड्रिङ्कको क्यानको बिर्कोबाट पुरस्कार जित्ने अवसर पाएका उनीहरूले अभियानअन्तर्गत जितेको मोटरसाइकल प्राप्त गरेका हुन्।

ADVERTISEMENT

त्यस्तै, विराटनगरको पुरानो गुद्रीमा सञ्चालित एक्सट्रिम फ्यानजोन कार्यक्रममा पनि दुई विजेतालाई पुरस्कार प्रदान गरिएको छ। धरानका अनोज कुमार अधिकारीले स्कुटर प्राप्त गरेका छन् भने विराटनगरका विनोद पोखरेलले मोटरसाइकल हात पारेका छन्।

यससँगै काठमाडौं र विराटनगरमा गरी तीन वटा मोटरसाइकल र एउटा स्कुटर विजेतालाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

मोटरसाइकल प्राप्त गरेका सुमन कर्माचार्यले सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कबाट यति ठूलो पुरस्कार प्राप्त होला भन्ने कल्पनासमेत नगरेको बताएका छन्। मोटरसाइकल जितेको खबरले उत्साहित बनाएको र पुरस्कार हात पर्दाको क्षण अझ विशेष बनेको उनको प्रतिक्रिया छ।

त्यस्तै, अर्का मोटरसाइकल विजेता विनोद ढुंगेलले म्याक्स टाइगरको अभियान आफ्ना लागि अप्रत्याशित खुसीको अवसर बनेको बताए। सामान्य रूपमा इनर्जी ड्रिङ्क खरिद गर्दा मोटरसाइकल जित्ने अवसर मिल्नु अनौठो अनुभव भएको उनको भनाइ छ।

विराटनगरमा स्कुटर प्राप्त गरेका अनोज कुमार अधिकारीले पनि पुरस्कार हात पर्दाको क्षणलाई यादगार अनुभवका रूपमा लिएका छन्। त्यस्तै, मोटरसाइकल विजेता विनोद पोखरेलले सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कबाट मोटरसाइकल जित्न पाउँदा खुसी लागेको बताएका छन्।

अझै जित्न सकिन्छ मोटरसाइकल, स्कुटर र प्रोटोन कार

म्याक्स टाइगरको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन्। तर, पुरस्कार जित्ने अवसर अझै बाँकी रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अभियानमा अझै ८ वटा मोटरसाइकल र १० वटा स्कुटर जित्ने अवसर बाँकी छ। यसबाहेक बम्पर पुरस्कारका रूपमा एउटा प्रोटोन कारसमेत राखिएको छ।

विशेषगरी बम्पर पुरस्कारमा रहेको प्रोटोन कारले उपभोक्तामाझ थप आकर्षण र उत्सुकता बढाएको कम्पनीको भनाइ छ।

सामान्य रूपमा खरिद गरिने इनर्जी ड्रिङ्कको क्यानको बिर्कोलाई आकर्षक पुरस्कार जित्ने अवसरसँग जोडेर म्याक्स टाइगरले देशका विभिन्न सहरका उपभोक्तालाई अभियानमा सहभागी गराउँदै आएको छ।

नेपाल प्रिमियर लिगका खेलहरूको प्रत्यक्ष प्रसारण भइरहेको एक्सट्रिम फ्यानजोनमार्फत विजेतालाई पुरस्कार हस्तान्तरण गर्ने क्रम सुरु गरिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ।