काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन बिहीबार पनि यही मूूल्य कायम रहेको महासंघले जनाएको छ। सुन प्रतिदस ग्राम २ लाख ६१ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँ रहेको थियो। प्रतिदस ग्राम चाँदीको मूल्य चार हजार तीन सय ३० रुपैयाँ तोकिएको छ।







