काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई सय रुपैयाँर चाँदी तोलामा ८५ रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
चाँदी प्रतितोला पाँच हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ३७० रुपैयाँमा खरिदबिक्री खरिदबिक्री भएको थियो।








