काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग भेटवार्ता गरेका छन्।

स्रोतका अनुसार मिश्रीले बिहीबार दिउँसो काठमाडौंस्थित एक होटलमा कांग्रेस सभापति थापासँग भेट गरेका हुन्। भेटवार्तामा भएका विषयवस्तुबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

ADVERTISEMENT

दुईदिने नेपाल भ्रमणमा रहेका मिश्रीले यसअघि प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका थिए।

ADVERTISEMENT

भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ। राजनीतिक भेटघाट सम्पन्न गरेर भारतीय विदेश सचिव मिश्री बिहीबार नै स्वदेश फर्किएका छन्।