काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलका सन्दर्भमा आफ्नो ‘फेभरेट’ देश विश्वकपमा सहभागी नै नभएको बताएका छन्।
शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै प्रधानमन्त्री शाहले आफूलाई विश्वकपमा कुन देश मनपर्छ भनेर धेरैले सोध्ने गरेको उल्लेख गरेका छन्।
‘धेरैजना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्डकपमा ?’ उनले लेखेका छन्, ‘मेरो फेभरेट देशले खेलेकै छैन।’
प्रधानमन्त्री शाहको उक्त संक्षिप्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। कतिपय प्रयोगकर्ताले उनले नेपाललाई संकेत गरेको अनुमान गरेका छन् भने केहीले यसलाई प्रतीकात्मक अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन्।









