काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा १५५ रन बनाएको हो । अब उपाधि जित्न सुदूरपश्चिम रोयल्सले १५६ रन बनाउनुपर्नेछ ।

ADVERTISEMENT

लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको लुम्बिनीले सुदूरपश्चिमलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ । यता लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिनेछ ।

ADVERTISEMENT

फाइनल खेलमा दुवै टोली उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।