काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक जेठ २१ गते बिहीबार बस्ने भएको छ।
समितिका सचिव दिनेश थापामगरले विज्ञप्तिमार्फत बैठक आह्वान गरिएको जानकारी दिएका छन्। बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
बैठकमा सहभागी हुन समितिका सबै सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकमा पार्टीभित्रको आन्तरिक अनुशासन, समितिमा प्राप्त उजुरीहरू तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
नेपाली कांग्रेसले पार्टी संगठनलाई थप व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउने उद्देश्यले अनुशासन समितिलाई सक्रिय बनाउँदै आएको छ।








