हेटौँडा । रास्वपा सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै मतभेद, विवाद वा समन्वयको कमी नरहेको दाबी गरेका छन्। उनले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिने पार्टीको नीति रहेको स्पष्ट पारेका छन्।

बिहीबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले पुराना राजनीतिक दलहरूले जस्तो सरकारको काममा हस्तक्षेप गर्ने वा मन्त्रीहरूमाथि नियन्त्रण राख्ने अभ्यास रास्वपाले नगरेको बताए।

ADVERTISEMENT

पार्टी र मन्त्रीहरूबीच कुनै विषयमा प्रश्न वा जिज्ञासा उठे नियमित संवाद र छलफलमार्फत समाधान खोजिने उनको भनाइ छ। बाहिर चर्चा भएजस्तो पार्टी र सरकारबीच दूरी वा आन्तरिक द्वन्द्व नरहेको उनले दोहोर्‍याए।

ADVERTISEMENT

उनले सञ्चारगृह तथा पत्रकारमाथि भएका पछिल्ला प्रशासनिक कदमबारे बोल्दै लोकतान्त्रिक मूल्य, मान्यता र प्रेस स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताए। प्रहरी प्रशासन, अदालत र प्रेस काउन्सिलजस्ता संस्थालाई विश्वास गर्दै थप बलियो बनाउनुपर्ने उनको धारणा थियो।