काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तेस्रो पटक सर्वदलीय बैठक बोलाएका छन्। भोलि भदौ ३१ गते हुने बैठकमा विभिन्न दलका शीर्ष नेताहरूलाई बोलाइएको छ।

यसअघि लामिछानेले भदौ १० र १६ गते सर्वदलीय बैठक बोलाएका थिए। भदौ १० गते बसेको बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने तथा राहत र पुनःस्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल भएको थियो।

ADVERTISEMENT

उक्त बैठकले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णयसमेत गरेको थियो। त्यस्तै, भदौ १६ गते बोलाइएको दोस्रो बैठकमा दोस्रो तहका नेताहरू सहभागी भएका थिए।

ADVERTISEMENT

भोटेकोशीमा आएको अप्रत्याशित तथा विनाशकारी बाढी–पहिरोलगत्तै बसेको सर्वदलीय बैठकले नेपालमा विपद्को दिगो समाधान र पूर्वतयारीका विषयमा १० बुँदे साझा सङ्कल्पसमेत पारित गरेको थियो।