काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टीसंग एकता गरे पछि पार्टीको शीर्ष नेतृत्व संरचना टुंगो लगाएको छ। सभापतिमा रवि लामिछाने यथावत् रहँदा पार्टीमा तीन जना उपसभापति रहने निर्णय गरिएको छ।

उक्त एकतापछि कुलमान घिसिङलाई पहिलो वरीयताको उपसभापति बनाउने निर्णय गरेको हो। यस्तै, डीपी अर्याल र स्वर्णिम वाग्ले अन्य उपसभापतिका रूपमा चयन भएका छन्।

बालेन्द्र शाह साक्षी बसी रास्वपाका सभापति रवि लामिछाने र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेको सम्झौतापत्रमा एकीकृत पार्टीमा तीन उपसभापति रहने उल्लेख छ ।

एकतापछि सभापति रवि लामिछानेले प्रतिक्रिया दिँदै यस एकताले आगामी चुनावमा पार्टीलाई मजबुत बनाउने  विश्वास व्यक्त गरे।