काठमाडौँ । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा बिहीबार राति गोली चलाएर एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार पक्राउ पर्नेमा डलर ठगीमा संलग्न सुजन तामाङ रहेका छन्।
प्रहरीको अनुसन्धानअनुसार तामाङले सस्तोमा डलर साटिदिने प्रलोभन देखाएर सर्वसाधारणलाई लुटपाट गर्ने गरेका थिए।
प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा तामाङको दायाँ खुट्टामा लागेको एसएसपी घिमिरेले जानकारी दिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।










