काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशन आजदेखि देशभर सुरु हुँदै छ। पार्टीका अनुसार प्रदेश अधिवेशन असार १ गतेसम्म सम्पन्न गरिनेछ।

वाग्मती प्रदेशको अधिवेशन काठमाडौंमा आयोजना गरिएको छ। उक्त अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम तय भएको छ।

ADVERTISEMENT

रास्वपाले यसअघि जेठ २३ र २४ गते देशभर जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ। जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै पार्टीले संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ।

प्रदेश अधिवेशन सम्पन्न भएपछि रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा आयोजना हुनेछ। पार्टीका अनुसार महाधिवेशन असार ७ देखि ९ गतेसम्म सञ्चालन हुनेछ।

ADVERTISEMENT

रास्वपाले वडा, पालिका, जिल्ला हुँदै प्रदेश तहसम्म संगठन निर्माण प्रक्रिया अगाडि बढाइरहेको छ।