काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा जाने तयारीमा रहेका छन्। तुलसीपुर उच्च अदालत, बुटवलको १ नम्बर इजलासमा मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले बिहीबार यस्तो आदेश दिएको हो आवश्यक कागजी प्रक्रिया पूरा गर्न उनी भैरहवा जान लागेका हुन्।
रास्वपा स्रोतका अनुसार, लामिछाने आजै अन्तिम फ्लाइटमार्फत भैरहवा प्रस्थान गर्ने तयारीमा छन्।उच्च अदालतको आदेशसँगै लामिछानेको थुनामुक्ति प्रक्रिया छिटो अघि बढ्ने विश्वास गरिएको छ। उनका समर्थकहरूले पनि उनको स्वागतको तयारी गरिरहेका छन्।