काठमाडौं। निष्क्रिय कर्जा बढ्दा बाणिज्य बैंकहरु दबावमा देखिएका छन् । निष्क्रिय कर्जा बढ्दा बैंकहरुको खुद व्याज आम्दानी घट्ने र यसको प्रत्यक्ष असर खुद मुनाफामा पर्ने हुँदा बैंकहरु दवाबमा देखिएका हुन । बाणिज्य बैंकहरुले मंगलबारसम्म सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद मुनाफा संगै बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा पनि बढेको छ ।
बैंकहरुको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासमा बाणिज्य बैंकहरुमा औसत निष्क्रिय कर्जा पाँच दशमलव २६ प्रतिशतको हाराहारीमा रहँदा ४९ अर्ब २१ करोड २२ लाख ४० हजार रुपैंयाँ खुद मुनाफा कमाएको देखिएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ३० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बाणिज्य बैंकहरुमा औसतमा चार दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय हुँदा खुद मुनाफा ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैंयाँ रहेको थियो । चालु आवको तेस्रो त्रैमासमा सानिमा बैंकले दुई अर्ब ३५ करोड दुई लाख दुई हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा तीन दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यो बैंकले एक अर्ब ६५ करोड २४ लाख ७६ दुई हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा तीन दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । नेपाल बैंक, एभरेष्ट बैंक र एनएमबी बैंकले पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः दुई अर्ब ७९ करोड २८ लाख ८१ हजार, तीन अर्ब ३२ करोड ९३ लाख १६ हजार र दुई अर्ब ६८ करोड ७७ लाख ८५ दुई हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः चार दशमलव ९६, शुन्य दशमलव ६१ र चार दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यि बैंकहरुले क्रमशः दुई अर्ब ७६ करोड ३४ लाख ९४ हजार, तीन अर्ब ४५ करोड ७६ लाख ३६ हजार र दुई अर्ब ३७ करोड ३२ लाख ८९ दुई हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः पाँच दशमलव ४५, शुन्य दशमलव ६४ र चार दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासमा कृषि बिकास, कुमारी र माछापुच्छ्रे बैंकले पनि क्रमशः एक अर्ब ३९ करोड ३९ लाख ७३ हजार, चार अर्ब १७ करोड ८० लाख ४८ हजार र एक अर्ब ६५ करोड ८६ लाख ५९ दुई हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः पाँच दशमलव शुन्य छ, छ दशमलव ९४ र चार दशमलव शुन्य एक प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा बैंकहरुले क्रमशः एक अर्ब ८४ करोड ४३ लाख ६० हजार, २८ करोड ५८ लाख २३ हजार र एक अर्ब १० करोड २६ लाख २७ दुई हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः नौं दशमलव ६४, छ दशमलव ९८ र चार दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । सिद्धार्थ, हिमालयन र प्राईम कर्मसियल बैंकले पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः दुई अर्ब एक करोड ४८ लाख ५५ हजार, ७६ करोड २५ लाख ३६ हजार र तीन अर्ब आठ करोड ९३ लाख ३५ दुई हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः तीन दशमलव ७१, सात दशमलव ९८ र छ दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यि बैंकहरुले क्रमशः एक अर्ब ६६ करोड ८२ लाख ६० हजार, ५० करोड ४८ हजार र दुई अर्ब २२ करोड ९३ लाख चार दुई हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः चार दशमलव शुन्य चार, सात दशमलव ६८ र पाँच दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
चालु आवको तेस्रो त्रैमासिक अवधिमा नबिल, ग्लोवल आईएमई र नेपाल एसबिआई बैंकले पनि क्रमशः छ अर्ब ७६ करोड ४६ लाख ४६ हजार, चार अर्ब ४० करोड ११ लाख ७८ हजार र एक अर्ब ४६ करोड १७ लाख ८५ दुई हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः शुन्य दशमलव ९८, चार दशमलव ९७ र दुई दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यि बैंकहरुले क्रमशः पाँच अर्ब पाँच करोड १४ लाख १९ हजार, चार अर्ब ५३ करोड ४० लाख ९९ हजार र एक अर्ब २० करोड ३२ लाख ६१ दुई हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः एक दशमलव ५९, चार दशमलव ९८ र चार दशमलव शुन्य छ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । लक्ष्मी सनराई, नेपाल इन्भेष्टमेन्ट मेगा र स्टान्र्डड चार्टड बैंकले पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः दुई अर्ब तीन करोड ८१ लाख ८४ हजार, तीन अर्ब १७ करोड ९८ लाख ९३ हजार र दुई अर्ब आठ करोड १६ लाख ६१ दुई हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः पाँच दशमलव २९, आठ दशमलव ४१ र एक दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यि बैंकहरुले क्रमशः एक अर्ब ६५ करोड २१ लाख ६३ हजार, चार अर्ब ८० करोड ५५ लख ५० हजार र दुई अर्ब १७ करोड ३७ लाख ७६ दुई हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः पाँच दशमलव ८६, छ दशमलव शुन्य छ र एक दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अपरिष्कृत वित्तीय विवरण सिटिजन्स र एनआईसी एशिया बैंकले पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः एक अर्ब ३० करोड ६४ लाख ६१ हजार र १४ करोड तीन लाख २४ दुई हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः छ दशमलव ८७२ र शुन्य दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यि बैंकहरुले क्रमशः ९६ करोड १८ लाख ९३ हजार र १५ करोड ६७ लाख ७५ दुई हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः पाँच दशमलव ७१ र एक दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । राष्ट्रिय बाणिज्य बैंक र प्रभु बैंकले पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः दुई अर्ब ७६ करोड २० लाख ५९ हजार र ८५ करोड १५ लाख २३ दुई हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः चार दशमलव ४८ र आठ दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यि बैंकहरुले क्रमशः एक अर्ब २० करोड ४३ लाख ७० हजार र एक अर्ब ८७ करोड ६० लाख ६० दुई हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः चार दशमलव ६९ र पाँच दशमलव शुन्य नौं प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
बैंकहरुले चालु आवको तेस्रो त्रैमासमा कमाएको नाफा (रकम रु हजारमा) निष्क्रिय कर्जा (एनपिएल) (प्रतिशतमा)

(श्रोतः सम्वन्धीत बैंकको चालु आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण)








