काठमाडौं । देशमा पेट्रोलियम पदार्थको साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राखिएको छ । आसन्न चाडपर्व तथा आमउपभोक्ताको हितलाई मध्यनजर गरी खुद्रा बिक्री मूल्यलाई नै यथावत् राखिएको नेपाल आयल निगमले जनाएको छ ।

केही समययता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा उतारचढाव भइरहेको निगमले उल्लेख गरेको छ । भारतबाट नयाँ सूची पाउँदा पनि स्वचालित मूल्य प्रणालीबमोजिम भाउ समायोजन हुन नसकेको निगमले जनाएको छ ।

ADVERTISEMENT

“इन्डियन आयल कर्पोरेसनबाट मिति २०८३/०७/१४ मा नयाँ खरिद मूल्य प्राप्त भएको छ,” निगमले भनेको छ, “आसन्न चाडपर्व तथा आमउपभोक्ताको हितलाई मध्यनजर गरी निगम सञ्चालक समितिको मिति २०८३/०७/१४ को निर्णयानुसार साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राखिएको छ ।”

ADVERTISEMENT

खुद्रा बिक्री मूल्य यथावत् राख्दा निगमलाई हालको स्थितिमा पाक्षिक रूपमा तीन अर्ब २१ करोड ४२ लाख रुपैयाँ घाटा हुने जनाइएको छ ।

“यसरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्दा पनि निगमलाई हालको स्थितिमा रु. ३ अर्ब २१ करोड ४२ लाख घाटा हुने देखिन्छ,” निगमले भनेको छ ।

विज्ञप्ति पढ्नोस्–