काठमाडौं। किन घट्दै छ ? सरकारी धितोपत्रमा बैंकिङ क्षेत्रको लगानी काठमाडौं, बैशाख १४ सरकारी धितोपत्रमा बैंकिङ क्षेत्रमा लगानी घट्दै नेपाल राष्ट्र बैंककै एक तथ्यांकले लेखिएको छ । खासगरी सरकारले बजेट घाटा पूर्ति गर्नको लागि आन्तरिक ऋण संकलन गर्न प्रयोग गर्ने वित्तीय उपकरण नैं साँचो अर्थमा सरकारी धितोपत्र अर्थात सकारी ऋणपत्र र बण्ड हो । यस अन्र्तगत सरकारले सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत बैंक तथा वित्तीय संस्था, कम्पनी र सर्वसाधारणबाट ऋण लिन्छ र निश्चित अवधिपछि ब्याजसहित फिर्ता गर्छ ।

सरकारले सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत बिक्री गर्नै ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र जस्ता मौद्रिक उपकरण यसका उदाहरण हुन । तर यि सबै क्षेत्रमा पछिल्लो समय बैंकिङ क्षेत्रको अरुची देखिएको छ ।सरकारी धितोपत्रलाई जोखिम रहित मानिएपनि यसमा निकै न्युन व्याजदर पाईने हुँदा यस क्षेत्रमा बैंकिङ क्षेत्रको अरुची देखिएको हो ।

ADVERTISEMENT

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो आठ महिनाको अवधिसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुले सरकारले निष्काशन गरेका बिभिन्न धितोपत्रहरुमा कुल ११ खर्ब ७० अर्ब ९२ करोड रुपैंयाँ बराबरको लगानी गरेका छन् । यो लगानी गत आवको सोही अवधिको तुलनामा १५ अर्ब ३० करोड ७० लाख रुपैंयाँले कम हो । गत आवको सोही अवधिमा सिंगो बैंकिङ क्षेत्रले सरकारी धितोपत्रहरुमा मात्र कुल ११ खर्ब ८६ अर्ब २२ करोड ७० लाख रुपैंयाँ लगानी गरेका थिए । सरकारी धितोपत्रमा बाँणिज्य बैंकहरुले मात्र गरेको कुल लगानी १० खर्ब ७१ अर्ब ७१ करोड १० लाख रुपैंयाँ पुगेको छ । यो लगानी गत आवको सोही अवधिको तुलनामा १० अर्ब ४९ करोड ३० लाख रुपैंयाँले कम हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरुले सरकारी धितोपत्रमा मात्र कुल १० खर्ब ८२ अर्ब २० करोड ४० लाख रुपैंयाँ लगानी गरेका थिए ।

राष्ट्र बैंकका अनुसार बिकास बैंकहरुले मात्र चालु आवको पछिल्लो आठ महिनाको अवधिमा सरकारी धितोपत्रहरुमा कुल ८३ अर्ब चार करोड रुपैंयाँ लगानी गरेका छन् । यो लगानी गत आवको सोही अवधिमा चार अर्ब चार करोड ५० लाख रुपैंयाँले कम हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुले यस्तो क्षेत्रमा गरेको लगानी ८७ अर्ब आठ करोड ५० लाख रुपैंयाँ रहेको थियो । यसैगरी फाईनान्स कम्पनीहरुले पनि पछिल्लो अवधिमा सरकारी धितोपत्रमा कुल १६ अर्ब १६ करोड ९० लाख रुपैंयाँ लगानी गरेका छन् । यो लगानी गत आवको सोही अवधिको तुलनामा ७६ करोड ९० लाख रुपैंयाँले कम हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुले सरकारी धितोपत्रहरुमा कुल १६ अर्ब ९३ करोड ८० लाख रुपैंयाँ लगानी गरेका थिए । अर्थविद् डा. चन्द्रमणी अधिकारी सरकारी धितोपत्र सुरक्षित लगानी भएपनि बैंकको प्रमुख उदे्श्य नाफा कमाउनु रहेको बताउँछन । “जब निजी क्षेत्रमा कर्जाको माग क्रमशः बढ्न थाल्छ बैंकहरू त्यतैतिर कर्जा लगानी गर्न थाल्छन । अहिले सरकारी धितोपत्रमा बैंकिङ क्षेत्रको लगानी घट्नुको प्रमुख कारण पनि यही प्रवृति हो, उनी भन्छन ।” सरकारी धितोपत्रमा अत्यधिक निर्भर हुनु बैंकिङ क्षेत्रको लागि लाभदायक नहुने र यसले नीजि क्षेत्रप्रति हुने बैंकिङ क्षेत्रको लगानी खुम्चाउने उनी बताउँछन ।

ADVERTISEMENT

यस्तो छ, सरकारी धितोपत्रमा बैंकिङ क्षेत्रको लगानीको अवस्था (रकम रु १० लाखमा)