काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको मूल्य बढेको छ । बिहीबर सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ बढको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँमा बजारमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।







