काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, सोमबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । अघिल्ले दिन सुनको मूल्य प्रतितोला ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।








