काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य घटेको छ । बिहीवार छापावाल सुन प्रतितोला दुई हजार रुपैयाँले मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई लाख ६५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार सुनको मूल्य तोलामा दुई लाख ६७ हजार सात सय रुपैयाँ थियो ।

ADVERTISEMENT

आज चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ। बुधवार चाँदी प्रतितोला ४९३५ रुपैयाँमा कारोबार भइरहेको थियो । आज घटेर ४८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ADVERTISEMENT