काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । सुन आज तोलाको तीन सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० रुपैयाँ र त्यति नै चाँदीको मोल ६ हजार ८७० रुपैयाँ कायम भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७३ र त्यति नै परिमाणको सेतो धातु १०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







