काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला चार सय र चाँदी प्रतितोला १० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

ADVERTISEMENT

आइतबार सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

आज चाँदी प्रतितोला चार हजार ६०५ रुपैयामा कारोबार भइरहेको छ । शुक्रबार चाँदी चार हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।