काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन प्रतितोला पाँच हजार चार सय रुपैयाँ र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

ADVERTISEMENT

मंगलबार प्रतितोला दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला चार हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

पछिल्लो केही दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा छ।