काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १४ सय रुपैयाँले बढेको हो ।

आज सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन सुनको भाउ ६ सय रुपैयाँले बढेको थियो । हिजो एक तोला सुनको कारोबार दुई लाख ८७ हजार ३ सय रुपैयाँमा भएको थियो ।

ADVERTISEMENT

आज चाँदी पनि महँगिएको छ । चाँदी ४० रुपैयाँले बढ्दै प्रतितोला चार हजार ७३० रुपैयाँ पुगेको छ ।

ADVERTISEMENT