काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बिहीबार १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको चाँदी बिहीबार २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको छ ।










