काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ६९० रुपैयाँमा झरेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो।पछिल्ला केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार घट्दो क्रममा रहेको छ।






