काठमाडौं।नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले घट्दा चाँदी पनि १२५ रुपैयाँले सस्तो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँ कायम भएको छ। बिहीबार यही सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४ हजार २०० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको थियो।

ADVERTISEMENT

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा समायोजन हुँदै आएको छ।

ADVERTISEMENT