काठमाडौँ, असोज १८ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ।

ADVERTISEMENT

गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ र चाँदी ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT