काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ। अघिल्लो दिन ४ हजार ७९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ८०५ रुपैयाँ पुगेको छ।

ADVERTISEMENT