काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारले आफूलाई गिरफ्तार गर्न लागेको दाबी गरेका छन्।

शिवकोटीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत सरकारले प्रहरीले लगाएर आफूलाई खोजिरहेको बताएका हुन्।

ADVERTISEMENT

‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन’, उनले लेखेका छन्, ‘काठमाडौँ आउँदै छु।’  यद्यपि उनले यस विषयमा विस्तृत विवरण खुलाएका छैनन्।

ADVERTISEMENT

कांग्रेसका सभापति गगन थापालाई सरकारले पक्राउ गर्न खोजिरहेको समाचार सार्वजनिक भएलगत्तै पार्टीका सहमहामन्त्री शिवाकोटीले आफूलाई पनि प्रहरीले खोजिरहेको बताएका हुन्।