काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला २ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ४ हजार १०० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार १८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार १५० रुपैयाँ थियो ।










