काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ।
सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३५ हजार ७७० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
चाँदीको मूल्य भने प्रतितोला ४५ रुपैयाँले घटेको छ। सोमबार ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको हो।
महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ३ हजार १५० रुपैयाँ ५० पैसा रहेको छ।









