काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा तीन सय र चाँदी ३५ रुपैयाँले बढेको छ । बुधबार सुन तोलामा सात सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार दुई सय र त्यति नै परिमाणको चाँदी पाँच हजार ७१० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार एक तोला छापावाल सुन तीन लाख दुई हजार ९०० र चाँदी पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो ।
चाँदी आज तोलाको ३५ सय रुपैयाँले बढेर पाँच हजार ७४५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








