काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । चाँदीको भने मूल्य सामान्य बढेको छ ।

आइतबार तोलामा एक हजार रुपैयाँ घटेको सुनको मूल्य आज तीन सय रुपैयाँ घटेर दुई लाख ९४ हजार ८०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

ADVERTISEMENT

सोमबार सुनको भाउ तोलाको दुई लाख ९५ हजार १०० रुपैयाँ थियो। शुक्रबार सुनको भाउ तोलामा ३४ सय रुपैयाँ बढेर दुई लाख ९६ हजार एक सय रुपैयाँ पुगेको थियो।

चाँदीको भाउ भने आज पनि बढेको छ। तोलामा २० रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको पाँच हजार ३० रुपैयाँ पुगेको छ।