काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १,१०० रुपैयाँले बढेर प्रतितोला १,९२,९०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन तोलामा १,९१,८०० रुपैयाँले कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर २,२८५ रुपैयाँमा कारोबार भइरहेको छ।








