काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उच्च गिरावट भएको छ । सुन तोलामा चार हजार ६०० रुपैयाँले घटेको छ । चाँदी १५० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६७० रुपैयाँ कायम भएको छ ।

ADVERTISEMENT

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको थियो ।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९२० कायम भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४३४ र त्यति नै परिमाणको चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।