काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। आज सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ४५ रुपैयाँले घटेकोे हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

आज चाँदी प्रतितोला चार हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला चार हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

 

ADVERTISEMENT