काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । मंगलबारको तुलनामा दुवै धातुको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला तीन लाख ६ हजार ६०० र एक तोला चाँदीको मोल पाँच हजार २९० रुपैयाँ कायम भएको छ ।

मंगलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार २४० रुपैयाँ कायम थियो । गत सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन पाँच हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।