काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा दुई हजार २०० रुपैयाँ र चाँदी १८५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५० रुपैयाँ कायम भएको छ ।
मंगललवार एक तोला छापावाल सुन तीन लाख नौ हजार ९०० र एक तोला चाँदी पाँच हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
गत सोमवार छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ५०० र एक तोला चाँदीको मूल्य पाँच हजार २६५ रुपैयाँ निर्धारण भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







