काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १३ सय रुपैयाँ बढेको छ।

शुक्रबार छापावाल सुन तोलाको दुई लाख ९९ हजार नौ सय रुपैयाँ पुगेको छ। सुनको भाउ बिहीबार तोलामा १८ सय र बुधबार ५८ सय रुपैयाँले बढेको थियो। तीन दिनमा सुनको भाउ तोलामा ८९ सय रुपैयाँ बढिसकेको छ।

ADVERTISEMENT

चाँदीको भाउ आज तोलामा १२० रुपैयाँ बढेर पाँच हजार २७५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको भाउ तोलाको ५ हजार १५५ रुपैयाँ थियो।