काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १२ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबारको भाउ तीन लाख एक हजार रुपैयाँ छ । यसअघिको कारोबार दिन शुक्रबार सुन तोलामा दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २२५ कायम भएको छ । शुक्रबार चाँदी तोलाको पाँच हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।