काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेर ३ लाख १५ हजार चार सय रुपैयाँ तोकेको छ।

अघिल्लो दिन सुनको भाउ तीन लाख १४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुनको भाउ स्थिर थियो ।

ADVERTISEMENT

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर पाँच हजार ७२५ रुपैयाँ पुगेको छ। बुधबार पनि चाँदीको भाउ तोलामा १३० रुपैयाँले बढेको थियो ।